कानुनमन्त्रीले बोलेपछि संसद् सुचारु

0
Shares

गंगा बराल, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको प्रश्नको शुक्रबार सम्बन्धित मन्त्रीले जवाफ दिने जानकारी दिएपछि संसद् बैठक १५ मिनेटपछि सुचारु भएको छ ।

कानुनमन्त्री ढकालले जुनसुकै घटनामा जोडिएका सबै अभियुक्तलाई कडाभन्दा कडा कारवाही गरिने जवाफ दिनुभएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकको सुरुमा नै सरकारले चित्तबुझ्दो जवाफ नदिउन्जेलसम्म बैठक चल्न नसक्ने चेतावनी दिएपछि बैठक स्थगित भएको थियो । नुभयो