अर्जुन बोहरा, सिमकोट
हुम्लामा पनि हिन्दुधर्मलम्बी महिलाहरु संगै बौद्धधर्मलम्बी महिलाहरुले पनि तिज पर्व भव्यरुपले मनाएका छन
देशमा जातजाति र धर्मको नाममा विवाद ल्याउन खोजिएका बेलामा हुम्लामा भने हिन्दू धर्मका महिला संगै बौद्धधर्र्मलम्बी मान्ने महिलाहरुले तीज मनाएको सिमकोट गाउँपालिका कार्यकारी प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनु भयो । बुधाबार हुम्लाको सदरमुकाम सिमकोटमा आयोजना गरेकोे तिज बिशषे कार्यक्रममा वडानं १ देखि ८ सम्मकै विवाहित तथा अविवाहीत महिलाहरुले तिज गितको नृत्यमा भाग लगेका थिए ।
सिमकोट गाउँपालिकालको आर्थिक सहयोगमा र तिजी विशेष कार्याक्रमकोे आयोजानमा बालमन्दिर मावि सिमकोटमा आयोजना गरेको तिज विशेष नृत्य कार्यक्रमका संयोजक जयदेवी शाहीले बताइन । सिमकोट गाउँपालिकाका १ ,३, ४ वडामा बौद्धधर्मलम्बीहरु महिलाहरुको बोसोबास छ भने २,५,६,७,८वडामा हिन्दुधर्मलम्बीहरु म्हिलाहरुको बाहुल्यता भएकोे भयता पनि सबै वडाकी महिलाहरुले आ –आफनो भेषभुषा सहित तिज गितको नृत्यमा सहभागि थिए ।
सनातन हिन्दुधर्मावलम्बी महिलाहरू उमामहेश्वरको व्रत तथा पूजा–आराधना मात्र गर्ने संस्कार रहेको वेलामा यस पटक हुम्लामा पनि बौद्धधर्म मान्ने लामा,तामाङ्ग जातीका महिलाहरुले पनि हरितालिका तिज पर्व मनाएका छन । महिलाहरू सिमकोट तल्लो गाउँमा रहेको शिवमन्धिरमा पुगी पूजाअर्चना गरेका छन । विवाहितमहिलाहरूले आफ्ना पति छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताहरूले असल पतिको कामनामा व्रत बस्ने विश्वास गरिन्छ । उता सिमकोट गाउँपालिका वडानं १की वडासदस्य पाल्ङ्गमु लामा भने हाम्रो धर्म फरक भए पनि परिवारको सुखका लागि हिन्दुहरुको पर्व तिज परम्परारुपमा यस बर्ष देखि मनाएको बताइन् ।
ह्ुम्लामा तिज पर्व परम्पारगत नभई विभिन्न पेशमा व्यासाय,सरकारी गैरसकारी कार्यालयमा कर्मचारी र शिक्षक पेशमा जिल्लामा आइपुगेका महिलाहरुले मनाउन थालेका छन । अहिले हुम्लामा अधिकाँस गाउँपालिकामा समेत यो तिज पर्व मनाउँदै आईरहेका ठेहे निवासी गोरख विष्टले बताउनु भयो ।
महादेवलाई नै पुजा गरिने संस्कार भएकोले बौद्धर्मालम्बीले समेत पनि महादेवको पुजा गर्ने भएकाले हुम्लाका बौद्धधर्मालम्बीले औपाचारिक रुपमा यो बर्ष देखि तिज मनाउन थालेका छन । नारीहरुका दुख बेदना पोख्ने र आफना पतिको दिर्घायुको कामना गर्ने पर्वका रुपमा तिज मनाउने गरेकोले यस पटक सिमकोट गाउँपालिकाले औपचारिक रुपमा सबै धर्म र वर्गका महिलालाई तिज मनाउने कार्यक्रमको आयोजना गरेकोले पनि बौद्धधर्मालम्बी महिलाले औपचारिक रुपमा तिज पर्व मनाएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताउनु भयो ।
सिमकेट गाउँपालिकाको आथिृक सहयोगमा सिमकोटको बालमन्दिर माध्यमिक विद्यालयमा आयोजना भएको तिज नृत्य प्रतियोगितामा सिमकोट गाउँपालिकाका आठवटै वडाका सबै महिलाले औपचारिक रुपमा तिज मनाएका छन् सिमकोट बजार र आसपासका गाउँमा रहेका महिलाहरुले समेत तिज मनाउँदै आएकोले यस पटक वौद्धधर्म मान्ने महिलाहरुले मनाएको सिमकोट गाउँपालिका उपाध्यक्ष वली रावतले बताउनु भयो । हिन्दुधर्मलम्बी महिलाहरुसंगै तीजको व्रत बस्दै आएकी नभई लामा, तामाङ,समुदायका महिलाले सामूहिक रुपमा तीज मनाएका छन ।











प्रतिक्रिया