सदरमुकाममै सडकको बिजोग

0
Shares

दयाराम पण्डित, बाजुरा
बाजुराको सदरमुकाम मार्तडी विगत दुुई महिनादेखि सहज सडक सञ्जालको पहुँचवाट टाढा भएको छ । सांफे–मार्तडी सडक खण्डअन्तर्गत त्रिवेणी नगरपालिकाको मौरे, गुंहीगाड, बल्देदेखि दवारी, हरडेखोला र बडिमालिका नगरपालिकाको तिपाडा, ओलेना ,पानीनाउला, सुवाकांध, चौराटीखेत माथि र करालाललगायतका दर्जनौं ठाउँमा सडक तलमाथि पहिरो गएको छ ।

पहिरोले सडक खण्ड भासिएको छ । सडक सञ्जाल नियमित नहुंदा यात्रु पत्यक्ष मारमा छन् । सदरमुकाम मार्तडी लगाायत जिल्लाभर दैनिक उपभोग्य सामानको पनि अभाव हुन थालेको छ । पेट्रोेलियम पदार्थको भाडा बढेको भन्दै छोटो दुरीको यात्रुभाडादर पनि बढाएका छन् । पांच किलोमिटर दुरीमा प्रति ब्यक्ती एक सय र दवारी देखि मार्तडी सम्म प्रतिब्यक्ती दुुई सय रुपैंया भाडा असुल्ने गरेका छन् ।

करिब ६४ करोड रुपैंयमा निमार्ण कार्य सम्पन्न गरेको सांफे मार्तडी सएडिलामा पिएस कम्पनीले ह््ण्यान्ड ओभर नगर्दै सडकको विकराल अवस्था आएको छ । वातावरणीय असर प्रभाव पूर्व अध्ययन नगरी सडक खन्दा यो अवस्था आएको छ । यद्यपी केहि दिन यता वर्षेझरी कम भएपछि स्थानीय तह तथा सडक भिभिजन ईकाई कार्यालय सांफेवगरले स्काई भेटर प्रयोग गरेको छ ।

सांफे मार्तडी सडकका दर्जनौं ठाउँमा सामान्य मर्मत गरी साना गाडी र मोटरसाइकलाई आवतजावत गर्न केही दिनमा सहजता आउने देखिन्छ । तथापी बस तथा सदरमुकाम मार्तडीबाट २८ किलोमिटर दुरी मौरे पुुग्न तिन देखि चारवटा साना ठूला गाडी फेर्र्नुपर्छ ।

लामो तथा छोटो दुरीका अधा दर्जन गाडी दुुई महिना देखि बीच बाटोमा अलपत्र परेका छन् । यद्यपी लामो तथा छोटा दुरीका गाडी चलाउन निक्कै मुस्कील परेको छ ।