मिश्र बिरूद्धकाे संसदीय सुनुवाई शुरू

0
Shares

काठमाडौं । सर्वोच्च अदालतको २८आैं नेतृत्वका लागि सर्वोेच्च अदालतका स्थायी न्यायाधीश ओमप्रकाश मिश्रको नाममा सुनुवाई भएकाे छ । संसदीय सुनुवाई समितिले मिश्रविरुद्ध परेका उजुरीको बारेमा प्रश्न गर्दै अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने छ।

सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेका मध्ये पनि रोल क्रमका आधारले वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश छान्ने चलन यस पटक तोडिएको थियो। यसअघि सिफारिस भएका न्यायाधीश दीपकराज जोशीको नाम सुनुवाइ समितिबाट अस्वीकृत भएका थिए ।

जोशी संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा योग्यता पुगेको भित्र परेका थिए। त्यसमध्ये पहिलो रोजाइमा मिश्रको सिफारिस भई सुनुवाइ हुन लागेको हो।  संवैधानिक परिषद्ले भदौ ७ गते मिश्रको नाम नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।