तथ्यपरक सूचना सम्प्रेषण गर्नुपर्छः संयोजक डा.भट्टराई

0
Shares

काठमाडौँ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पत्रकारले सही र तथ्यपरक सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ ।

सो पार्टीको प्रदेश नं ३ को प्रचार विभाग र नेपाल प्रेस सोसाइटी ३ नं प्रदेशको नवगठित कार्यसमितिका सदस्यलाई आज बधाई दिँदै उहाँले पत्रकारले देश र समाजका सबै क्षेत्रको निगरानी गर्ने भएकाले सचेततापूर्वक जनतालाई सुसूचित गर्नुपर्ने बताउनुभयो ।

मुलुकको वर्तमान समस्या समाधान गरेर समावेशी विकास र आर्थिक समृद्धिको एजेण्डा अघि बढाउने काम अहिलेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० तथा प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबाट हुन नसक्ने दाबी गर्दै संयोजक डा भट्टराईले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता झन् बढेर गएको बताउनुभयो ।

देशको वैकल्पिक राजनीतिक ध्रुवको नेतृत्व नयाँ शक्तिले गर्ने उल्ल्ेख गर्दै उहाँले विकास र समृद्धिका लागि नयाँ शक्तिले अङ्गालेको ‘पाँच स’को अवधारणा उपयुक्त भएको स्पष्ट पार्नुभयो ।

नवगठित १५ सदस्यीय प्रचार विभागको अध्यक्षमा केशव अर्याल, डिल्लीराज पौडेल ९रसुवा०, कृष्ण महर्जन ९ललितपुर०, ध्रुव ढकाल ९मकवानपुर०, शारदा घिमिरे ९चितवन०, कमला नेपाल ९नुवाकोट०, बलराम श्रेष्ठ ९काभ्रे०, दिलीप शाही ९काठमाडौँ०, पवनप्रसाद उपाध्याय ९काठमाडौँ०, यज्ञ कार्की ९भक्तपुर० र माधव गजुरेल ९नुवाकोट०लगायत रहनुभएको छ । विभागमा चार सदस्य पछि थप गर्ने बताइएको छ ।

त्यस्तै नेपाल प्रेस सोसाइटी ३ नं प्रदेशको १५ सदस्यीय नयाँ कार्यसमिति पनि गठन भएको छ । समितिको अध्यक्षमा योगेन्द्रप्रताप शाही चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा गणेश आचार्य, सचिवमा शिव बस्नेत, सहसचिवमा केदार भट्टराई, कोषाध्यक्षमा सिर्जना ग्लान, सदस्यमा विपीन पौडेल, सन्तोष गौतम, यज्ञ कार्की, सञ्जय महर्जन, शैलेश, अनुजा न्यौपाने, रामकृष्ण तामाङलगायत रहनुभएको छ ।
रासस