स्वप्न बगैँचामा शिक्षाकर्मीको जमघट

0
Shares

काठमाडौँ ।
उनान्चालिसौँ राष्ट्रिय शिक्षा दिवस तथा ५२आँै अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केशरमहलस्थित स्वप्न बगैँचामा जलपान कार्यक्रमको आयोजना ग¥यो ।

दिवसका दिन हरेक साँझ आयोजना हुँदै आएको शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सचिव खगराज बराललगायत शिक्षा विज्ञ, अधिकारी, शिक्षक र समाजसेवी सहभागी हुनुभएको थियो ।

ऐतिहासिक सो बगैँचामा यो दिवसका अवसरमा भए पनि वर्षमा एकपटक शिक्षाकर्मीको जमघट हुने गरेको छ । प्राकृतिक वातावरणयुक्त सो स्थलमा निजी क्षेत्रले भाडामा रेस्टुरेन्टसमेत सञ्चालन गर्दै आएको छ ।

विगतमा शिक्षा मन्त्रालयको कार्यालयसमेत उक्त स्थानमा रहेकामा मन्त्रालय सिंहदरबार सरेपछि केशर पुस्तकालय र नेपाल शिक्षक महासङ्घको कार्यालय मात्र त्यहाँ रहेको छ ।

दिवसका अवसरमा आज सङ्घ, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।
रासस