काठमाडौं। सरकारले सातवटै प्रदेशमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खोल्ने प्रक्रिया अगाडि बढाएको छ । आयुर्वेद व्यवस्था विभागका अनुसार ५० बेड क्षमताको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने काम अगाडि बढिसकेको छ ।
सरकारले प्रदेश १ को लखनपुर झापामा, २ को जनकपुरमा, गण्डकी प्रदेशको कास्कीमा, प्रदेश ५ को दाङमा, कर्णाली प्रदेशको राजधानी सुर्खेत र ७ नम्बर प्रदेशको कैलाली गेटामा अत्याधुनिक आयुर्वेद अस्पताल निर्माण हुनेछ । प्रदेश नम्बर तीनमा भने कहाँ बनाउने भन्ने अझै टुंगो लागेको छैन ।











प्रतिक्रिया