काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारलाई सत्तारुढ पार्टीको बैठक थलो बनाएको भन्दै आलोचना भइरहेका बेला ओली वंशको भेला पनि आयोजना गर्न थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली वंशको भेला सरकारी निवास बालुवाटारमा आयोजना गर्न लागिएको हो ।
प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारलाई ‘ओली बंश अक्षय कोष’ को साधारण सभाका लागि स्वीकृति दिएका छन् ।
यसका सो कोषले ‘ओली बंश’ का सबैलाई २३ भदौ विहान बालुवाटार बोलाएको छ । कार्यक्रमका लागि साढे १० बजे विहान सबैलाई बालुवाटार निम्त्याइएको छ ।
प्रधानमन्त्रीमाथि सरकारी निवासमा पार्टीको बैठक चलाएको भनेर विभिन्न आरोपहरु आइरहेका बेला वंशावली भेला गर्नु उचित होला र भन्ने काठमाण्डुटुडेको प्रश्नमा वंशावलीबाट आयोजक संस्थाका एक जना सदस्य घनश्याम ओलीले भने, ‘प्रधानमन्त्रीज्यूको समय अभावका कारण उहाँले नै यही(बालुवाटारमा) कार्यक्रम गरिदिनु भन्नुभयो त्यसैले हामीले बालुवाटारलाई वंशावलीको कार्यक्रम गर्न योजना बनायौं ।’
उनले प्रधानमन्त्री निवासमा कार्यक्रम गरे पनि खर्च भने आयोजक संस्था ओली बंश अक्षय कोषकै रहेको दाबी गरे । उनले भने, ‘सरकारको एक रुपैयाँ पनि खर्च लिएका छौनौं । हामीले प्रधानमन्त्रीको सुविधाका लागि कार्यक्रम त्यही गर्ने निर्णय गरेका हौं ।’
सो भेलामा प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी राधिका शाक्य, ओली बंशका दुई जना जेष्ठ नागरिक र एसइइ र प्लस टुमा उत्कृष्ठ अंक ल्याउनेलाई सम्मान गर्ने कार्यक्रम छ । साथै नजिकिँदै गरेको तिजको दर खुवाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । प्रधानमन्त्री आफ्नो लागि एक घण्टाको समय लागेको उनको भनाइ छ । अहिले सामाजिक सन्जालमा प्रधानमन्त्रीमाथि सरकार निवासमा वशावली कार्यक्रम चलाएकेा भन्दै कडा विराेध भइरहेकाे छ ।











प्रतिक्रिया