ट्याक्टर दुर्घटना हुँदा एकको मत्यु

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्य भएको छ । मुसीकोट नगरपालिका–४ सोलावाङबाट गाराघाट जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा बाँफिकोट गाउँपालिका–९ घर भइ मुसिकोट नगरपालिका–१ गाराघाट बस्ने २८ वर्षिया धनमाया देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा घाइते देवकोटाको उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृतककी छोरी १३ बर्षिया मुना देवकोटा, मुसिकोट नगरपालिका–१३, की २४ वर्षीया कमला केसी र बाँफिकोट–९ की १६ वर्षीया ललिता ओली घाइते छन । घाइते तीनै जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइते मध्य मुना र ललिता गम्भीर रहेको बताइएको छ । ट्याक्टर चालक स्थानीय पानाखोलामा आएको पानीको सतह हेर्न गएका बेला ट्याक्टर आफै गुडेको प्रत्यक्षदर्शीले बताएका छन् ।