काठमाडौं, (नेस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन घिमिरे सिफारिस हुनुभएको छ । सवैधानिक परिषद्को बैठकले अख्तियारका कार्यवाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।
प्रमुख आयुक्त रहनुभएका दीप बस्नेतले अवकाश पाएपछि घिमिरे कार्यवाहक प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
२०७४ फागुन २ देखि कार्यवाहक प्रमुखका रुपमा कार्यरत घिमिरेलाई परिषद्को बैठकले प्रमुख आयुक्तमा सर्वसम्मतले सिफारिस गरेको हो । घिमिरेसहित अन्य आयुक्तले केही समयअघि मात्रै सर्वोच्च अदालतबाट योग्यतासम्बन्धी मुद्दामा सफाइ पाउनुभएको थियो ।
घिमिरे २०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त हुनुभएको हो । प्रमुख आयुक्तमा सिफारिस घिमिरे रक्षा र गृहसचिव भइसक्नुभएको छ । २०७१ मा अख्तियारको आयुक्त बन्नुभएका घिमिरे तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातले अवकाश पाएपछि गत फागुन १ देखि अख्तियार प्रमुख रिक्त थियो ।











प्रतिक्रिया