काठमाडौं(नेस) । नक्कली सुनलाई सक्कली भनी बेचबिखन गर्ने उद्देश्यले बोकी हिडिरहेका अवस्थामा २ केजी नक्कली सुन सहित ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धादिङको गंगा जमुना गाउँपालिका–२ का अभिषेक तामाङ, नुवाकोट तारकेश्वर घर भएका राम तामाङ , जितेन तामाङ, बीरेन्द्र तामाङ, धादिङ दार्खा घर भएका राज तामाङ र धादिङ जिवनपुर घर भएका राजकुमार तामाङ रहेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट उक्त नक्कली सुन सहित फेला पारी पक्राउ गरेको हो ।











प्रतिक्रिया