काठमाडौ(नेस) । गुण्डाका नाईके सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । फोनबाट धम्की दिई त्रास फैलाएको अभियोगमा लामालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
मानबहादुर तामाङ लगायतलाई फोनबाट गालीगलौज गरी ज्यान मार्ने जस्ता धम्की समेत दिएको खबर प्राप्त भएपछि महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सत्यमानलाई काठमाडौं ठमेलबाट फेला पारी पक्राउ गरेको हो ।











प्रतिक्रिया