जनता मार्न सिंह गाउँ आएको रोल्पा कांग्रेसको ठहर

0
Shares

महेश न्यौपाने, रोल्पा
स्थानीय तहको चुनाव पछि सिंहदरवारको अधिकार गाउँ गाउँ पुग्ने भनिए पनि जनता मार्न सिंह मात्र गाउँ पठाइएको नेपाली कांग्रेस रोल्पाले आरोप लगाएको छ । नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोर आचार्यले सोमवार एक विज्ञप्ती प्रकाशित गरि यस्तो आरोप लगाएका हुन ।

कार्यवाहक सभापति आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, नेपालमा गणतन्त्र स्थापनाभइ तीनै तहको निर्वाचनभएपश्चातनवनिर्वाचित स्थानीयतहदेखि संघीय सरकारका जनप्रतिनिधीद्वारानयाँ सरकार बने सँगै बिभिन्न शिर्षकमा कर लगाई जनताले थेग्नै नसक्ने गरी आर्थिक भार थपी जनताको ढाड सेक्ने कामभएको छ । स्थानीय जनताको अधिकार, गाउँगाउँमा सिंहदरवार भन्ने चुनावी नारालाई फरक ढंगले बुभ्mन थालेका छन् ।

‘सरकारको कामकार्वाही र रबैया हेर्दा गाउँमा जनताको अधिकार सहितको सिंहदरबार होइन जनता मार्न सिहं गाउमा पठाएर दरवारमा सरकारले राज गरिरहेकोे अनुभूत भएको छ’ –विज्ञप्तीमा भनिएको छ ।

स्थानीय सरकारले जनताको ढाँड सेक्ने गरि चर्को कर उठाउने र जनप्रतिनिधिले त्यही करवाट मोजमस्ती कार्यलाई निरुत्साहित गर्न पार्टी केन्द्रको निर्देशन अनुसार नेपाली कांग्रेसवाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरेका हौं नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोर आचार्यले भने । जनताको अबस्था दिनानुदिन खस्कदै गएको अवस्थामा पिडामाथि पिडा थप्ने काम काँग्रेसका लागि स्वीकार्य हुदैन आचार्यले भने ।

दश स्थानीय तह रहेको रोल्पामा नेपाली कांग्रेसले १ स्थानीय तह मात्रै जितेको छ । ७२ वडा मध्ये १३ वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।