विजय नेपाली, पोखरा
गण्डकी प्रदेशका सामाजिक परिचालकहरुले पोखरा केन्द्रित आन्दोलन सुरु गरेको २२ दिन पुगेको छ । सामाजिक परिचालिकालाई पुनर्बहाली तथा कर्मचारी भएर खटिएपछी राज्यले दिने सुविधा दिनु पर्ने माग सहित साउन २७ गते देखि आन्दोलनमा उत्रिएका हुन ।
नयाँ आर्थिक बर्ष शुरु भएपछि सरकारले श्रोत जुटाएर सामाजिक परिचालक नियुक्त गर्न स्थानीय सरकारलाई नै जिम्मा दिएको छ । तर स्थानीय सरकारले भने कर्मचारी आवश्यक नभएको भन्दै सामाजिक परिचालक राख्न मानेका छैनन् ।
आफ्ना माग सम्बन्धीत स्थानीय सरकारले नसुनेको भन्दै उनीहरु प्रदेशको ढोका घचघच्याउन थालेको २२ औ दिन पुगिसक्दा समेत सरकर मौन रहेको छ भने १२ जना घाइते समेत भएका छ्न । जस्मा तिन जना सख्त घाइते भएका छन ।
सामाजिक परिचालक संघ गण्डकीकी सचिव भावना श्रेष्ठ, सचिना सर्मा र संगिता भण्डारी सख्त घाइते भएका हुन । उनिहरुको टाउकोमा गहिरो चोट लागेको छ । आन्दोलनको क्रममा कहिले प्रदेश सभा भवन अगाडि कहिले मुख्य मन्त्री कार्यालय त कहिले महानगर अगाडि विरोध गर्दै आइरहेका छ्न । गत पुस १६ देखि जागिर खोसिएपछि निरन्तर २५ दिनको आन्दोलन पश्चात् चैत्र पछि सरकारले असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो ।
‘हामीले नौ वर्षदेखि सामाजिक परिचालकको रुपमा काम गरेका छौ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलेनै निर्णय गरेको थियो तर पछि गरेको निर्णय गरेर पनि पछि हामिलाइ राखेनन’ –सामाजिक परिचालक गण्डकी प्रदेशका अध्यक्ष पिताम्बर नेपालीले बताए । आफुहरुको माग पूरा नभएसम्म आन्दोलन चल्ने उनले बताए । हामिले अहिले शान्तिपूर्ण आन्दोलन गरिरहेका छौ, यदि हाम्रो मागप्रती सरकार गम्भीर नभए आन्दोलन थप चर्काउछौ“ अध्यक्ष नेपालिले बताए ।
‘नयाँ कर्मचारी नथप्ने भए ठीकै छ तर थप्ने हो भने हामीलाई मौका दिनुपर्छ, सामाजिक परिचालक संघ गण्डकीकी सचिव भावना श्रेष्ठ भन्छिन्– हामीलाई लखेटेर अरु कर्मचारीलाई स्थान दिदा राज्यलाई नै घाटा हुन्छ । हामीलाई सेवा गर्ने मौका दिईयोस् ।’ उनीहरुले एक पटकका लागि उमेर हद नतोकी आन्तरिक परीक्षामा प्रतिश्पर्धा गर्ने अवसर दिनुपर्ने माग राखेका छन् ।
‘पूरै समय यही क्षेत्रमा खर्च भयो । अहिले निस्किँदा अन्त जागिर पनि पाईंदैन, आफ्नो अधिकार माग्दा टाउको फुटाउनु पर्छ, हाम्रो आन्दोलन शान्तिपूर्ण हुदा समेत प्रहरी हस्तक्षेप भएको छ घाइते भएकि सचीव नेपालीले बताइन ।
उनी भन्छिन रोजगारी सिर्जना गर्ने नारा दिएर चुनाव जितेको सरकारले भएको रोजगार खोसेर विचल्ली बनायो ।’ माग सुनुवाई नभए आमरण अनसनसम्मका संघर्षका कार्यक्रम समेत गर्नेछौ “ उनले बताइन ।
११ वटै जिल्लाका सामाजिक परिचालकहरु पोखरामा छन् । प्रदेशमा ४ सय ८५ जना सामाजिक परिचाकलहरु रहेका छन् ।











प्रतिक्रिया