नेपाल समाचारपत्र, काभ्रे
जिल्ला अदालत काभ्रेपलाञ्चोमा श्रीमान्ले श्रीमतीसँग सम्बन्ध छुट्टिई अलग्गै बस्न पाऊँ भन्दै सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका छन् । उता श्रीमतीले श्रीमान्ले वैवाहिक बलात्कार गरेको अभियोगमा दर्ता गरिएको उजुरीले श्रीमान् कारागार चलान भएका छन् ।
भदौ १ गते मुलुकी देवानी (संहिता) ऐन २०७४ को परिच्छेद ३ को सम्बन्ध बिच्छेद सम्बन्धी महलको दफा ९४ (क) र ९६ नम्वर र न्याय प्रशासन ऐन २०७३ को दफा ७ बमोजिम पाँचखाल नगरपालिका–८ घर भएका वर्ष ४५ का रामभरत थापाले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएका थिए । पनौती नगरपालिका–१ गैरी गाउँ बस्ने रामभरत थापाको श्रीमती वर्ष ३८ की अगुंर थापासँग २०५० साल वैशाख २७ गते सामाजिक परम्पराअनुसार मागि विवाह भएको थियो । २०५४ सालसम्म सम्वन्ध राम्रो भए पनि त्यहि बेला देखि सम्वन्धमा समस्या उत्पन्न भएको भन्दै श्रीमती अंगुर थापाले २०६४ सालमा मानाचामल र अंश चलन सम्वन्धी मुद्दा दर्ता गरेकी थिईन ।
अदालतले उनले प्राप्त गर्ने अंशसमेत २०७४ साल असार ७ गते कार्यान्वयन गरिदिएको छ । जिल्ला अदालतको फैसला उपर पुनरावेदन अदालत पाटनमा परेको मुद्दामा समेत जिल्लाकै फैसला सदर गरेपछि फैसला कार्यान्वयन भएको थियो । एक छोरा र एक छोरी समेत रहेका उक्त परिवारमा श्रीमान श्रीमती बीच सँगै नबस्ने, पटक पटक श्रीमतीबाट यातना भएको, श्रीमानसँग २०५७ साल देखि सँगै नबसेको भन्दै श्रीमान रामभरत थापाले मुद्दा दर्ता गरेको बताए । नयाँ ऐनले श्रीमानले श्रीमतीबाट भएका ब्यवहारका आधारमा सम्वन्ध विच्छेदको उजुरी गर्न सक्ने ब्यवस्था गरेको छ । थापा जस्तै जिल्लामा श्रीमतीबाट पीडित भई चुपचाप बसेकाहरु थुप्रै छन् । भदौ १ गते श्रीमानले श्रीमतीसँग छुट्टि पाउँ भन्ने बाहेकको मुद्दा दर्ता भएन ।
उता विवाह गरेको २८ महिनामा सुरुका केहि दिन बाहेक अधिकांश समय श्रीमान र घर परिवारबाट यातना ब्यहोरेको भन्दै श्रीमतीले बैवाहिक बलात्कारमा उजुरी दर्ता गराएपछि श्रीमान थुनामा परेका छन् । श्रीमतीको चाहना बमोजिम सहवास नगरेको र जर्बजस्ति गरेको अभियोगमा दाप्चा खनालथोक घर भई हाल नमोबुद्ध नगरपालिका ७ भएका युवा साउन १५ देखि थुनामा परेका छन् । अदालतले सन्देश खनाललाई पुर्पक्षका लागि कारागार पठाएको छ । श्रीमतीले मुद्दा मिलाउँछु पैसा देउ भनेकी थिईन ।
सामान्य ट्रेकिङ्गको काम गर्दै घर परिवार समेत हेर्दै आएका सन्देश खनाललाई श्रीमतीले जर्बजस्ति मुखमा लिङ्ग पसाई अमानविय ढंगबाट सहवास गरेको उजुरी दिएकी छिन् । विवाहका केहि दिन देखि नै आफुलाई सासु, ससुरा र श्रीमानले समेत यातना दिने गरेको उनको उजुरीमा उल्लेख छ । श्रीमानले भने आफुले त्यस्तो नगरी सासु ससुरासँग भएको सामान्य विवादलाई मिलाउन आफुले केहि समय काठमाडौमा समेत सँगै राखेको, केहि दिन उनी आफै परिवारको सल्लाह विना माईती गएको, आफुखुशी काम गरिररहेको बताएका छन् ।
उनकै सहमतिमा मोवाईलमा अश्लिल फिल्म राखेर उनकै आग्रहमा गरिएको सहवासलाई जर्बजस्ति करणी भन्दै दुख दिएको उनले बताए । उनले शुरुमा आफुलाई छाड्न, छाड्दा ३ लाख रकम दिन माग गरेको सन्देशले बताए । सन्देशका ९० वर्षका बाबु छन् । पारिवारीक खिचलोका कारण परिवारकै सहयोगमा सन्देशलाई हिरासतमा राख्ने काम भएको भन्दै पैसाको मोलमोलाई चलाईरहेको परिवारले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको महिला सेलमा पटक पटक छलफल भएको उक्त घटनामा सन्देशसँग उनले पछिल्लो पटक ५ लाख रुपैया माग गरेकी थिईन् । उनको तर्फबाट आफन्तले ४ लाख रुपैया दिने बताए पनि ५ लाख रुपैयाबाट एक रुपैया पनि कम नहुने बताएपछि उनी थुनामै बसिरहेका छन् । सरकारबादी मुद्दामा श्रीमान श्रीमती बीच पैसाकै लेनदेन भए पनि मुद्दा टुङ्गिदैन । त्यो पनि बैवाहिक बलात्कार नयाँ खालको घटना हो । यसको अभ्यास भएकै छैन भन्दा पनि हुन्छ । काभ्रेमा यस अघि पनौती घर भएका दैवशरण बञ्जारालाई पनि बैवाहिक बलात्कारमा मुद्दा दर्ता गरिएको थियो उनी केहि समय जेल बसेर छुटेका थिए । सन्देशलाई अहिले १० लाख रुपैया दिए मुद्दा फिर्ता लिन्छु भन्दै बार्गेनिङ्ग गरिएको छ ।
सहमतिमा सहवास हुने र पछि बलात्कार हुने अन्य घटनामा देखिए पनि श्रीमान श्रीमतीमा थिएन । नयाँ कानुन नआउँदै श्रीमतीहरु श्रीमानलाई मन नपरेकै कारण बैवाहिक बलात्कारमा जेल पठाउने घटनामा संलग्न हुन थालेका छन् । जर्बजस्ति करणी, जर्बजस्ति करणी उद्योग र आशय करणीमा थुप्रै ब्यक्तिहरु पक्राउ परेका छन् । श्रीमतीसँगको बैवाहिक बलात्कारमा भने भर्खरै मुद्दाहरु दर्ता हुन थालेका छन् । श्रीमानले श्रीमतीसँग सम्वन्ध विच्छेदका मुद्दा दर्ता गर्ने श्रीमतीले वैवाहिक बलात्कारका मुद्दा दर्ता गर्ने घटानले समाजलाई कता पु¥याउला ?











प्रतिक्रिया