अवरुद्ध बाटो खुल्यो

0
Shares

रसुवा, (नेस)
गोसाईकुण्ड गाउँपालिका वडा नं ५ स्थित त्रिशुली खोला नजिकै दुई साता देखि अत्याधिक वर्षाका कारण गएका पहिरो आज १८ गते बाट सञ्चालनमा सडक आएको छ ।

डिभिजन सडक कार्यालयका प्रमुख निरज शाक्यका अनुसार यही भदौ १५ गते देखि डिभिजन सडक कार्यालय र नेपाली सेनाको टोलीले काम सुरु गरेर त्रिशुली खोला वारीको पहिरो पन्छाई आजैबाट सडक सञ्चालनमा ल्याइएको बताए । रसुवागढि नाकालाई २०७१ साल देखि औपचारीक रुपमा अन्तराष्ट्रिय नाका घोषणा गरेपनी त्यति चहलपहल थिएन ।

२०७२ को भुकम्प पछि तातोपानी नाका पुरै बन्द भएपछि २०७२ कै मंसिर बाट सम्पुर्ण कारोबार यतै बाट सञ्चालन हुदै आएको व्यापार व्यवसायमा परेको असर र भन्सार शुलक प्रभावित हुदै गएपछि पहिलो चरणमा त्रिशुली नदिको छेउका दुई पहिरो मध्ये धुञ्चे तर्फको पहिरो हटाई बे्रक थ्रु गरेर बाटो सहज भएपछि लगतै खोपाङमा पनि सडक भएपछि लगतै खोपाङमा पनि सडक भासिएकोले नेपाली सेना कालिप्रसाद इन्जिनियर गणका प्राविधिक समुह र डिभिजन सडक कार्यालयको प्रयासमा खोलीएको प्रमुख शाक्यले बताए ।

लामो समयसम्म बाटो अबरुद्ध हुदाँ भन्सार राजस्व अभिबृद्धि बिद्युत आयोजनाको सामान व्यापारी व्यवसायीको सामान ढुवानी, स्थानीय बासिन्दाको दैनिक उपभोग गर्ने बस्तु र एम्बुलेन्स लाई असहज भएको स्थानीय व्यापारी तथा समाज सेवी इश्वर श्रेष्ठले बताए ।

चिनबाट स्याउ रेडिमेट कपडा, लसुन,अदुवा कस्मेटिक सामान बच्चाको खेलौना जस्ता सामान आयात भए सँग दैनिक तीन करोड राजस्व सङकलन हुने गरेकोले हाल बाटोको अबरोधले दुई साता राजस्वमा कमि आएको भन्सार अधिकृत गोपाल कोइरालाले बताए ।