नेपाल समाचारपत्र, नुवाकोट
सर्वोच्च अदालतको आदेशले जिल्ला अदालत नुवाकोटको रोहवरमा सोमबार साँझ ८ बजे रिहा भएका खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई जिल्ला अदालत नुवाकोट परिसरबाट नै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
बेलकोगडी नगरपालिका वडा नं ९ मा गत साउन ७ गते राति दुईवटा स्काभेटर जलाएको आरोपमा प्रकाण्डलाई पक्राउ गरी भदौ ८ गते नुवाकोट ल्याइएका विश्वकर्मालाई सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार रिहा गर्न आदेश दिएको थियो । प्रकाण्डलाई जिल्ला अदालत नुवाकोटका न्यायशिष त्रृषिकेश वाग्ले र नेपाल बार एसोसियसन नुवाकोटका अध्यक्ष देवराज कँडेलको रोहवरमा छाडिएको थियो ।
संचारकर्मीसँग कुरा गदै प्रकाण्डले सरकारले आफुलाई फसाउने नियतले आफुविरुद्ध मुद्धा दर्ता गरेको बताए । निकै शालिन मुद्रामा प्रस्तुत भएका प्रकाण्डले भने “मैले गर्दै नगरेको काम सरकारले जबरजस्ती गरेको आरोप लगाउँदै छ । गरेको भए सर्वाेच्चले अदालतले पनि त मलाई छोड्न आदेश दिँदैनथ्यो होला नी । ” प्रकाण्डले आफुलाई अदालत छाड्न आदेश दिएपनि भोजपुर लाने तयारी भईरहेको भन्दै गृह प्रशासनको नियत ठिक नभएको बताए ।
करिव १५ मिनेट पत्रकारसँग कुरा गरिरहेका अवस्थामा जिल्ला प्रहरी कार्यलय नुवाकोट प्रहरीले अव धेरै वोलिसक्नुभयो अब जाँउ भनिरहेका थिए । नुवाकोट वारका अध्यक्ष तथा अदालतका श्रेष्तेदारले बारम्बार प्रहरीलाई अदालत वाहि जान आग्रह गर्दा समेत प्रहरीले माथिको आदेश छ भन्दै प्रकाण्डलाई लिएर प्रहरीले गाडी बस्न आग्रह गरेको हो ।
जिल्ला अदालतमा उपसिथत भएका नेपाल कम्युनिष्ट पार्टी विप्लभ समुहका कार्यकर्ताले प्रकाण्डको सर्मथनमा कार्यकर्ताले नाराजुलुस समेत गरेका थिए । कार्यकर्ताले प्रहरी प्रशासन विरुद्ध नाराबाजी समेत गरेका थिए । उनलाई भोजपुर लगिएको नुवाकोट प्रहरीले जनाएको छ ।
बेलकोटगढी नगरपालिका वडा नं ९ देविस्थानस्थित सडकमा राखिएको बा २ क ४८९३ र बा १ क ६८८८ स्काभेटरमा गत साउन ७ गते राति आगजनी गरी क्षति पु¥याई फरार रहेको भनी विप्लव, प्रकाण्डसहित १५ जना विरुद्ध जिल्ला प्रहरी कार्यलय नुवाकोटमा उजुरी दर्ता भएका थियो । धमले–निरन्जना–नलगाउँ–दुईपीपल सडक निर्माणको काम गरिरहेको नागार्जुन कन्सट्रक्सनका ठेकेदार रामबाबु जिसीले उजुरी दर्ता गराएका थिए ।
स्काभेटर जलाएको आरोपमा परेको उजुरीमा नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विक ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगर, प्रकाश ओली, उमा भुलेज, चन्द्रबहादुर चन्द, मोहनबहादुर कार्की, मोहनलाल चन्द, अमर झाँक्री, उदय चलाउने, सविता तामाङ, सागर तिमल्सिना, विन्तोष सिलवाल र कृष्ण धमलाको नाम रहेको छ ।











प्रतिक्रिया