धनमाल चोरी

0
Shares

काठमाडौं, (नेस)
भक्तपुर सूर्यबिनायक नगरपालिका–५ बस्ने इन्द्रमाया मानन्धरको घरको दोस्रो तलामा रहेको काठको दराज फोडेर सोमबार नगद ३ लाख ५० हजार रुपैयाँ चोरी भएको छ ।

यसैगरी ललितपुर ललितपुर महानगरपालिका–१ कुपण्डोल गुणसिङगल बस्ने सिन्धुली घर भएका गौरब दासको कोठामा सोमबार कोही नभएको अवस्थामा नगद ५० हजार रुपैयाँ र सुनको विभिन्न गहना समेत गरी करीव १ लाख ३५ हजार रुपैयाँ बाराबरको धनमाल चोरी भएको छ ।

फरार चोरहरुको स्थानीय प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।