कपिलवस्तु । मानव बेचविखन तथा ओसारपसार बिरुद्ध १२औँ राष्ट्रिय दिवसको साताव्यापी अभियान अन्तर्गत शान्ति पुनस्र्थापना गृह कृष्णनगरले बहादुरगञ्जमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरुमार्फत मानव बेचविखन र ओसारपसारका बारेमा जनचेतना फैलाई बेचबिखनका घटनामा कमी ल्याउने विद्यालय स्तरीय सचेतनामूलक कार्यक्रम गरिएको हो ।
कपिलवस्तुको कृष्णगनर नगरपालिका बहादुरगञ्जस्थित रामगोरखा माध्यमिक विद्यालय कक्षा ११ र १२ का विद्यार्थीहरुलाई मानव बेचविखन र ओसारपसार सम्बन्धी सचेतीकरण गरिएको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक नविन पौडेलले बेचविखन र ओसारपसारको प्रकृति, कानुनी व्यवस्था लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।
“संघीयताको महत्वपूर्ण सार, मानव बेचविखन अन्त्यका लागि जिम्मेवारी र सहकार्य सहित गरौँ खबरदारी” भन्ने नारासहित दिवसलाई सफल बनाउन पीआरसी लगायत मानव अधिकारको क्षेत्रमा कार्यरत देशभरका विभिन्न संघ संस्थाहरुले अभियानमा जुटेका हुन् ।
खुल्ला सिमानाका कारण नेपाली युवतीहरु दलालको फन्दामा परी बेचिने गरेको पीआरसी संयोजक भट्टराईले बताउनुभयो । बेचबिखन तथा ओसारपसारका घटनाबारे समाजमा जनचेतना फैलाई घटनामा कमी ल्याउन सबैले अभियानमा साथ र सहकार्य गर्नुपर्ने भट्टराईले आग्रह गर्नुभयो ।
गरिबी, अशिक्षा, वेरोजगारीका कारण सोझासाझा युवतीहरु बेचबिखनमा पर्ने गरेको बताउँदै गाउँ गाउँमा सचेतना फैलाउनुपर्ने उहाँले बताउनभुयो ।











प्रतिक्रिया