काठमाडौं, (नेस)
मानव बेचविखन तथा ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । क्यानडा र फ्रान्स पठाइदिन्छु भनी पश्चिम अफ्रिकी मुलुक गिनी पु¥याइ मानव बेचबिखन गरेको अभियोगमा दाङका प्रेरणा लक्ष्मी मल्ल र विराज यादवलाई केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको हो ।
स्वदेश तथा बिदेशमा गरी प्रति व्यक्ति १५ देखि २५ लाखसम्म लिई झण्डै ३ करोड ठगेको आरोप छ । यादव र मल्ललाई गत भदौ १३ गते कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवैलाई जिल्ला अदालत काठमाडौबाट अनुमति लिई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।











प्रतिक्रिया