दयाराम पण्डित, बाजुरा
बाजुरा जिल्लाका छेडेदह गाउपालिका, बडिमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, हिमालि गाउँपालिका र जगन्नाथ गाउँपालिकामा ४ जातका रैथाने गिद्धहरु भेटिएका छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा गिद्ध खोज अनुसन्धान गर्ने क्रममा यि चार जातका गिद्धहरु भेटिएको गिद्धखोज अनुसन्धानकर्ता तथा मध्यपश्चिम बिस्वबिद्यालका उप प्राध्यापक गंगा शाहले बताए । सामादायिक वनहरुमा गिद्ध रहेका र त्यहा प्रजनन भई वच्चा समेत उत्पादन हुने गरेको उप प्राध्यापक शाहले बताए ।
प्राकृतिक सुन्दरताका लागी गिद्ध संरक्षण गर्न आवश्यक रहेको बन डिभिजन कार्यालय बाजुराका बन अधिकृत साजन भण्डारील वताए । नेपालमका विगतमा धेरै संख्यामा गिद्ध रहे पनि पछिल्लो समयमा गिद्धको संख्यामा निकै कमी आएको उनले वताए । नेपालमा ९ जातका गिद्ध पाइने गरेको छ, त्यसमा बाजुरामा पनि ४ प्रजातीका रैथाने गिद्ध भेटिएको भण्डारीले भने।
बाजुरा जिल्लामा मध्यपश्चिम बिस्वबिद्यालका उपप्राध्यापक गंगा शाहले यसको अध्यायन गरी ४ जातका गिद्ध रहेको बताए । सरकारले गिद्ध संरक्षणको लागि उक्त डाइकोलोफेनीक सोडियम विक्री वितरण र प्रयोगमा रोक लगाएको छ । तर खुल्ला सिमानाका कारण लुकी छिपी त्यसको प्रयोग गर्दा गिद्ध मर्ने गरेको बताए ।
प्राकृतिको कुचिकारको रुपमा रहेको गिद्धको सरक्षणको लागि प्रत्यक वर्ष गिद्ध संरक्षण दिवस मनाउदै आएका छन । १०औँ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस सनिवार बाजुरामा पनि मनाएको छ । “रुफड” नामक संस्थाको सहयोग मध्यपश्चिम बिस्वबिद्यालको सहकार्य तथा जिल्ला डिभिजन बन कार्यालय बाजुराको आयोजनामा दिवस मनाएको हो । १० औ अन्तराष्ट्रिय गिद्ध सरक्षण सचेतना दिवस शनिबार बिहान प्राभत फेरी कार्यक्रमको आयोजना गरी सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ ।











प्रतिक्रिया