गोरखा कांग्रेसले तोक्यो ११ तहमा संयोजक

0
Shares

नेपाल समाचारपत्र, गोरखा
नेपाली काङ्ग्रेस गोरखाले सबै स्थानीय तहस्तरको पार्टी संयोजक चयन गरेको छ । केहीदिन अघिको जिल्ला समिति बैठकले नौ गाउँपालिका र दुई नगरपालिकास्तरको संयोजक तथा महिला संयोजक चयन गरेको जिल्ला सभापति हरिबहादुर घलेले जानकारी दिए ।

सदरमुकाम रहेको गोरखा नगरपालिकाका पार्टी संयोजकको जिम्मेवारी यसअघिकै नगरसभापति चन्दनबाबु खत्रीलाई दिएको छ भने महिला संयोजकमा यसअघिकै महिला संघकी अध्यक्ष बिनाकुमारी श्रेष्ठलाई चयन गरेको सभापति घलेले जानकारी दिए । श्रेष्ठ नगरपालिकाकी उपमेयर समेत हुन् ।

त्यस्तै पालुङ्टार नगरपालिकाको संयोजकमा यसअघिकै नगरसभापति दीपकबाबु कँडेल चयन भएका छन् भने महिला संयोजकमा चेतकुमारी श्रेष्ठ चयन भएकी छन् । कँडेल पालुङ्टार नगरपालिकाका मेयर समेत हुन् ।

सिरानचोक गाउँपालिकाका काङ्ग्रेस पार्टी संयोजकमा कृष्णप्रसाद पोखरेल(छोप्राक) चयन भएका छन् भने महिला संयोजकमा रीता देवकोटा चयन भएकी छन् । अजीरकोट गाउँपालिकाका संयोजकमा ओमबहादुर गुरुङ चयन भएका छन् भने महिला संयोजकमा चन्द्रमाया गुरुङ चयन भएकी छन् । त्यस्तै बारपाक सुलीकोट गाउँपालिकाका संयोजकमा जीतबहादुर घले चयन भएका छन् भने महिला संयोजकमा अम्बिका थापा चयन भएकी जिल्ला सभापति घलेले जानकारी दिए ।

त्यसैगरी धार्चे गाउँपालिकाका काङ्ग्रेस पार्टी संयोजकमा माला गुरुङ चयन भएका छन् भने महिला संयोजकमा फूलमाया गुरुङ चयन भएका छन् । चुमनुब्री गाउँपालिकाका संयोजकमा सूर्य गुरुङ चयन भएका छन् भने सो गाउँपालिकामा महिला संयोजक चयन नगरिएको घलेले जानकारी दिए । त्यस्तै आरुघाट गाउँपालिकाका संयोजकमा गगन अधिकारी चयन भएका छन् भने महिला संयोजकमा कल्पना नेपाली चयन भएकी छन् । भीमसेनथापा गाउँपालिकाका संयोजकमा भरत भट्ट चयन भएका छन् भने महिला संयोजकमा बिनु वाग्ले चयन भएकी छन् ।

त्यस्तै सहिदलखन गाउँपालिकाका संयोजकमा खुनप्रसाद रेग्मी चयन भएका छन् भने महिला संयोजकमा सर्मिला श्रेष्ठ चयन भएकी छन् । गण्डकी गाउँपालिकाका संयोजकमा भीमप्रसाद अर्याल चयन भएका छन् भने महिला संयोजकमा ललिता अधिकारी चयन भएकी सभापति घलेले जानकारी दिए ।

बारपाक सुलीकोट र सहिदलखन गाउँपालिकाबाहेक सबै गाउँपालिकाका महिला संयोजक उपप्रमुखमा निर्वा्चित जनप्रतिनिधि समेत हुन् । ती दुई गाउँपालिकामा नेकपाबाट विजयी उपप्रमुख भएकाले पार्टी संयोजकमा नयाँ संयोजक चयन गरिएको काङ्ग्रेसले जनाएको छ ।
अर्को महाधिवेशनसम्म नवनिर्वाचित संयोजकहरुको कार्यअवधि रहने व्यबस्था छ ।