आठ वर्ष बितिसक्दा समेत बलेन बिजुली

0
Shares

धर्मेन्द्र बिसी, अछाम
अछाम जिल्लाको ढकारी गाउँपालिकामा चाइराखोला तेस्रो लघु जल बिद्युतको काम सुरु भएपछि स्थानिय निकै खुसी भएका थिए । तेस्रो लघु जल बिद्युत साबिक हिच्मा गाबिसका चार वडा र ढकारी गाबिसका चार वडाका वासिन्दाको खुसी अझ धेरै जोडिएको थियो ।

दुर्भाग्य भनौ ८ वर्ष बितिसक्दा पनि स्थानियको त्यो खुसी केवल खुसीमै सिमित छ । ढकारी गाउँपालिका वासीले अझै पनि बिजुली बल्ने आशामा घरमा सोलार जडान नगरेर झुरो र टुकी बाट मुक्ति पाउन सकेका छैनन् ।

हुन त यो साबिक हिच्मा गाबिस १ देखि ४ वडा र ढकारी का ४ वडालाई राहत हुने थियो । साबिकका दुई गाबिसका चार चार वडाले मात्र राहत पाउने भनिएतापनि यसको क्षमता बिस्तार गरेर हिच्मा र ढकारी का सबै वासिन्दाले राहत पाउने थिए ।

स्थानियहरुले गाउँमा बिजुली बल्ले भएपछि झुरो ,टुकी र सोलार बत्ति बाट मुक्ति पाउने ठूलो आशा थियो । काम सुरु भएको आठ वर्ष बितिसक्दा पनि गाउँमा बिजुली बल्न नसकेपछि स्थानियको आशा निरासामा परिणत भएको छ । गाउँमा बिजुलीका पोलहरुमा तार मात्र देखिन्छन् । भने कतै बिजुलीका तारहरु र पोलहरु जताततै अलपत्र रुपमा आधा माटोमा पुरिएका छन् । सुरुवाति चरणमा काम भएपनि एक वर्ष यता बिद्युत को काम ठप्प रहेको स्थानिय बताउछन ।

बिद्युत उत्पादनका लागी उपभोक्ता समिति गठन गरी जिल्ला उर्जा संग एक वर्षका लागी ९३ लाखमा काम सम्पन्न गर्ने सम्झौता भएर काम सुरु भएको थियो । बिद्युत निमार्णमा जिल्ला उर्जाले दिने ९३ लाख अनुदानले काम सम्पन्न नहुने भएपछि नेपाल सरकारबाट ५० लाख ४० हजार अनुदान समेत आयो साबिकका ढकारी र हिच्मा गाबिसले समेत रकम बिनियोजन गरेको र उपभोक्ताले श्रमदान समेत गरेर ७ सय ७३ घरधुरी बाट एक एक हजारका दरले पैसा समेत उठाए तर बिजुली को उल्याले कस्तो हुन्छ अझै देख्न नपाएको स्थानिय बताउछन् ।

गाउँमा बिजुली बल्ले खुसीले घरको दैनिक काम काज सबै छोडेर बिजुलीको काम गर्न गैयो मजदुरी गरेर कमाएको एक हजार पैसा समेत तिरियो तर बिजुली को बत्ति कसरी बल्छ कस्तो हुन्छ देख्न पाएनौ भन्नुहुन्छ ढकारी गाउँपालिका २ का गोपाले सार्की उहाँले भन्नु भयो अव त उमेरले पनि डाँडो काटी सक्यो बिजुली घरमा जलेको नदेखेरै मरिन्छ ।

एक वर्षमा बिजुली बल्छ भनेपछि हाम्रो खुसीको सिमा नै थिएन तर बिजुलीको काम सुरु भएको ८ वर्ष बितिसक्दा पनि हामीले बिजुली पाएनौ , हामिले श्रमदान गरेको एक महिना र घरबाट दिएको एक हजारको खाली पोलमा जोडिएका तार मात्र देख्नलाई रहेछ स्थानिय काशिराम साउँदले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो यस तर्फ कसैको ध्यान जान सकेन र हामीले बुजुली देख्न पाएनौ । गाउँमा बिजुली के बल्थ्यो उपभोक्ता समितिले कमाई खाने भाँडो बनाएको स्थानिय जय बयकले बताउनु भयो । बिद्युत निर्माणका लागी गठन भएको उपभोक्ता समितिले एक वर्ष यता जिल्ला उर्जा संग समेत सम्झौता गरेको छैन ।