नगरपालिका संघका अध्यक्षलाई सम्मान

0
Shares

नेपाल समाचारपत्र, काभ्रे
नेपाल नगरपालिका संघका नव निर्वाचित अध्यक्ष अशोक ब्याञ्जुलाई जिल्लामा भब्य सम्मान तथा बधाई र शुभकामना ब्यक्त गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेले आयोजना गरेको सरोकारवालाहरुको बैठकमा अध्यक्ष ब्याञ्जुलाई बधाई र शुभकामना ब्यक्त गरिएको थियो ।

समन्वय समितिका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, जिल्ला समन्वय समिति उपप्रमुख मञ्जु गौतम, गाउँपालिका अध्यक्षहरु महाभारत कान्छालाल जिम्बा, खानिखोला कृष्णबहादुर खुलाल, भुम्लु गाउँपालिका गुमानध्वज कुँवर, तेमाल गाउँपालिका सलामसिं लामा, बेथान्ञ्चोक गाउँपालिका प्रेमबहादुर तिमल्सिना लगायतले बधाई तथा शुभकामना दिएका थिए । सोहि कार्यक्रममा नगरपालिका तथा गाउँपालिकाका प्रशासकिय प्रमुखहरु, कार्यालय प्रमुखहरु सहभागि थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष ब्याञ्जुले नगरपालिकाहरुले भोग्दै आएका समस्याहरुको समाधानका लागि प्रदेश र संघ सरकारसँग तत्काल छलफल अगाडी बढाई स्थानीय सरकारका समस्या समाधान गर्ने प्रतिवद्धता ब्यक्त गरे । कर, कर्मचारी, विकास र सम्वृद्धलाई अगाडी बढाउन संघको भूमिकालाई अझै शसक्त बनाउने अध्यक्ष ब्याञ्जुले बताए । ब्याञ्जु धुलिखेल नगरपालिकाका प्रमुख हुन् । २० वर्ष देखि उनी नेपाल नगरपालिका संघको उपाध्यक्षका रुपमा कार्यरत छन् ।