नेपाल समाचारपत्र, नुवाकोट
नुवाकोटमा पहिरोबाट प्रभावित हुनेहरुको संख्या ४ हजार भन्दा बढी परिवार रहेको पाइएको छ भने उच्च जोखिममा रहनेको संख्या करिव ४ घरधुरी रहेको तथ्याङ सार्वजनिक भएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा मंगलबार आयोजनामा भएको बिपद जोखिम न्यूनिकरण सम्बन्धि कार्यक्रममा उत्त जानकारी गराइएको हो ।
जिल्ला प्रशासान कार्यालय नुवाकोटका प्रशासकिय अधिकृत नन्दलाल शर्माले जिल्लामा हुने बिभिन्न किसिमका बाढी , पहिरो र बिपदका घटनाबाट प्रभावित हुनेको संख्या ४ हजार रहेको बताए । प्रशासकिय अधिकृत शर्माले विपदबाट यस बर्ष धेरै घरपरिवारहरु बिस्तापित नै हुनु परेको बताए ।
जिल्ला विपत व्यवस्थापन समतिकिो बैठकले विपदबाट जोखिममका परेका परिवारलाई प्रतिपरिवार १० हजार रुपैया र मत्ृयु भएमा १ लाख रुपैया दिने निर्णय गरेको छ । कार्यक्रममा पञ्चकन्या गाउपालिकाका अध्यक्ष तेजवहादुर तामाङले पहिरोको कारण आफ्नो गाउँपालिकामा २७ घर परिवारको अवस्था दयनीय भएको बताए ।
तामाङका अनुसार पहिरो पिडित ५२ जनालाई गाउपालिकाले राहत स्वरुप दैनिक खाना खुवाउने व्यवस्था मिलाएको र अहिले अस्थाई वसोवासको व्यवस्था समेत मिलाइएको बताए । कार्यक्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले आफ्नो गाउँपालिका विपदबाट बढि प्रभावित भएको भन्दै विशेष सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै तादी गाउँपालिकाकी उपाध्यक्ष ईश्वरी उफ्रेतीले तादी गाउँपालिकामा पनि पहिरोको जोखिम बढेको भन्दै आफुहरुले केही हदसम्म भएपनि सर्तकर्ता र होसीयारी अपनाएको बताउनुभयो ।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापाले विपदबाट भएको क्षतिको कुनैपनि मुल्य तिर्न नसकिने भन्दै त्यसबाट हुने क्षतिको पहिल्यै सावधानी अपनाउनुपर्ने बताउनुभयो । उशाँले पिडितलाई राहात स्वरुप केही रकम दिएर राज्यले सहयोग गर्नै गरेको बताउनुभयो । त्यस्तै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले आउनुभन्दा पहिल्यै पुर्व तयारी भएर बस्नुपर्ने बताउनुभयो ।
प्रमुख तामाङले विपतपछिको पुनस्थापनामा सबै मिलेर गाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिसस नुवाकोटकी उप्रपमुख अप्सरा थापा, मेघाङ गाउँपालिकाकी उपाध्क्ष शान्ति लामा, तथा विभिन्न गाउँपालिकाका तथा नगरपालिकाका वडाध्ष्क्षहरुको सहभागिता रहेको थियो ।











प्रतिक्रिया