रेडियोले बनकरियालाई दर खुवाउने

0
Shares

हेटौंडा ।
हेटौंडामा रहेको रेडियो सरोवर ९२.५ मेगाहर्जले मकवानपुरको बनकरिया बस्तीमा पुगेर तीजको दर खुवाउने भएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर ४ को जंगलमा बस्ती बनाएर बसेका बनकरियाहरुलाई तीजको दर खुवाइने रेडियोका स्टेसन मेनेजर राजु लामिछानेले बताउनुभयो । भदौ २३ गते बस्तीका २५ घरका बनकरिया परिवारलाई दर खुवाउन लागिएको लामिछानेले बताउनुभयो ।

पछिल्लो समय हरितालिका तीज आउनु एक महिनादेखि नै भड्किलोरुपमा तीज मनाउने र दर खाने चलन बढ्दै गएकोले यस्ता प्रवृत्ति निरुत्साहित गर्न देशकै लोपोन्मुख बनकरिया जातिको बस्ती पुगेर दर खुवाउन लागिएको स्टेसन संयोजक मनोज देबकोटाले बताउनुभएको छ ।