रसुवा ।
नेपाल शिक्षक महासंघ जिल्ला समिति रसुवाले लाल्टिन जुलुस कार्यक्रम गरेको छ । शिक्षकका मागप्रति सरकार उदासिन बनेको भन्दै संघले दवावस्वरुप लाल्टिन जुलुस निकालेको हो ।
विज्ञापन गरी बारम्बार स्थगित गरिएको अस्थायी शिक्षकको परीक्षा तोकी स्थायी गर्नुपर्ने, स्थानीय तहले आफूखुशी कार्य्विधि, नियमावली र ऐन बनाउन नहुने, शिक्षकको तलव भत्ताको निर्धारण गर्नुपर्ने लगायतका २६ बुँदे माग राखेका छन् । विद्यालय कर्मचारी तथा बाल कक्षाका शिक्षकको दरबन्दी सृजना गरी उचित पारिश्रमिक व्यवस्था गर्नुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकलाई सामुहिक पदोन्नतीको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।
शिक्षकको सहज र सुलभ उपचारको प्रबन्ध गर्न प्रदेशस्तरमा शिक्षक अस्पतालको स्थापना, सरकारी अनुदान प्राप्त सबै शिक्षक र विद्यालयका कर्मचारीलाई पोसाकको सुविधा, संस्थागत विद्यालयमा कार्यरत शिक्षकको नियुक्ती, सेवा र सर्त पारदर्शी गराएर सामुदायिक शिक्षक सरह सुवि धाको प्रवन्ध गर्ने व्यवस्था कार्यान्वयन गर्ने लगायतका माग राखिएको छ ।











प्रतिक्रिया