घासें मैदानमा फसेको बिमान निकालियो

0
Shares

काठमाडौं । अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लीएर घाँसे मैदानमा धसिएको यती एअरलायन्सको चार्टर विमानलाई एपीएफ टोलीले आफ्नो जनशक्ति तथा स्काभेटरको सहयोगमा आज धावनमार्ग हुँदै सुरक्षित स्थानमा पु¥याएको छ ।

त्यसपछि सो दुर्घटनाबाट उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु भएको छ ।

नेपालगञ्जबाट काठमाडौको लागि उडेको जेट स्टिम यति एअरलायन्सको चार्टर विमान शनिबार बेलुका कोटेश्वरतर्फबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लीएर ४÷५ मिटर वायाँतर्फको घाँसे मैदानमा जहाजको तीनवटै पांग्रा धसिन गएको थियो । सो दुर्घटनामा चालक दलका सदस्य ३ जना तथा २१ जना यात्रुहरु सबै सकुशल रहेका छन् ।

उक्त दुर्घटनापछि आइतबार बिहान करीव साँढे ३ बजे सशस्त्र प्रहरी नायव उपरीक्षक ओजेश वलीको कमाण्डमा सशस्त्र प्रहरी निरीक्षकद्वय मिनराज भट्ट र भवराज कटवालको छुट्टैछुट्टै विपद उद्धार टोली उद्वार कार्यको लागि खटिएको थियो ।

एपीएफ टोलीको लगातारको प्रयासपछि विहान उक्त जहाजलाई धसिएको घाँसे मैदानबाट धावनमार्ग हुँदै त्यहाँबाट हटाउन सफल भएको हो ।
उक्त जहाजलाई घाँसे मैदानबाट हटाएपछि एपीएफ टोलीले सम्बन्धित एयरलायन्सका प्रतिनिधिहरुलाई जिम्मा लगाएको छ ।