काठमाडौ(नेस) । मोरङ र पाल्पामा लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङमा २ जना र पाल्पामा १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङ सुनबर्षि नगरपालिका–६ बस्ने अनिल रिषिदेब र रोशन रिषिदेबलाई लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट र टमडोल ८ ट्याब्लेट सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । सुनबर्षि नगरपालिका–८ हर्चन गढी स्थित छोटी भन्सार कार्यालय अगाडी प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पाल्पा तिनाउ गाउँपालिका–६ सिकुवा बस्ने मानबहादुर लम्तरिलाई लागूऔषध ४ के.जी गाँजा, पोलोथिन १ झोला र सुकेको तयारी गाँजा अन्दाजी १०० ग्राम सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । मानबहादुरको घरमा प्रहरीले खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी नियन्त्रणमा लिएको थियो ।











प्रतिक्रिया