काठमाडौ(नेस) । सुनसरी र पर्साबाट अवैध लागूऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये ४ जना सुनसरी र ३ जना पर्साबाट पक्राउ परेका हुन् ।
सुनसरी कोशी गाउँपालिका–४ कटानस्थित बा.११ च ४३४६ नम्बरको कारमा सवार धरान–१५ बस्ने सुजन राई लगायत ४ जनालाई ११.३ ग्राम खैरो हेरोइन सहित मंगलबार पक्राउ परेका हुन् । कारको तेल हाल्ने ट्याङकीभित्र प्लाष्टिकमा लुकाइ ल्याएको अवस्थामा उक्त लागूऔषध प्रहरीले फेला पारेको हो ।
यसैगरी पर्साबाट भारत मोतियारी बस्ने संजय सहनी करीब ६० केजी लागूऔषध गाँजा सहित मंगलबार प्रहरीले पक्राउ परेका हुन् । बीरगंज महानगरपालिका–२१ परवानिपुर चोकस्थित त्रिभुवन राजपथमा हेटौडाबाट बीरगंजतर्फ जाँदै गरेको बि एल ९ सि क्यिु एस ४३०९ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक संजय उक्त परिमाणको लागूऔषध सहित पक्राउ परेका हुन् ।
यसैगरी पर्सा बीरगंज महानगरपालिका–१६ बैष्णवी हल आगाडी मकवानपुर हेटौडा उपमहानगरपालिका–९ बस्ने जिवनबहादुर खड्का र सोही ठाउँ बस्ने बिशाल बिकलाई नियन्त्रित लागूऔषध ६१ एम्पुल फेनारगन, ६२ एम्पुल डाईजेपाम, र ६२ एम्पुल नुर्फिन सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी ईनर्वाबाट खटीएको टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लुकाई ल्याएको उक्त लागूऔषध सहित पक्राउ गरको हो ।











प्रतिक्रिया