राष्ट्रियसभा समितिको सभापतिको निर्वाचन भोलि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रियसभाको विषयगत समितिको सभापतिको भोलि हुने निर्वाचनको मनोनयन दर्ताको समय सकिएको छ । राष्ट्रियसभामा रहेका चार वटा विषयगत समितिको निर्वाचन भोलि हुन लागेको हो । राष्ट्रियसभाको विधान व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघि गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै पत्योकित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी निर्विरोध निर्वाचित भएका छन् । साथै राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती ) निर्वीरोध निर्वाचित भएकी छन् ।

यस्तै नेपाली कांग्रेसको भागमा परेको दिगो विकास तथा सुसासन समितिमा तारादेवि भट्ट लाई सभापतिको जिम्मेवारी दिने भएको छ । उनलाई भाद्र १९ गतेको बैठकले सभापति बनाउने निर्णय भएको बताइएको छ ।