गंगा बराल, काठमाडौं ।
प्रतितिधिसभाको विकास तथा प्रविधि समीतिका सांसदहरुले खानेपानी तथा सरसफाई मन्त्री विना मगरलाई खानेपानीको विषयमा गम्भीर भएर काम गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समीतिको बैठकमा खानेपानी मन्त्री बिना मगरलाई बोलाईएको थियो । बैठकमा मेलम्ची खानेपानी, ढल नियन्त्रण र सरसफाईका विषयमा उनलाई कामको प्रगती र विवरणको बारेमा प्रश्न गरिएको थियो । बैठकमा उनलाई मुलुकमा खानेपानीको अवस्था किन नाजुक भयो, प्रगती किन हुन सकेन लगायतका प्रश्न सोधिएको थियो ।
सोधिएका प्रश्नको जवाफ दिँदै खानेपानी मन्त्री विना मगरले स्थानीय र प्रदेश सरकारबीच समन्वय हुन नसकेको बताईन । खानेपानीको लागि छुट्याइएको ३१ अर्वको योजनामा २५ अर्ब रकम सकिसकेको उनले बैठकमा जानकारी गराईन । साथै केन्द्र सरकारका मन्त्रालयहरुबीच पनि समन्वय नभएको कारणले काममा बाधा उत्पन्न भएको बताईन ।
बैठकमा धनकुटबाट निर्वाचित सांसद राजेन्द्रकुमार राईले मेलम्ची लागयतका अन्य खानेपानी आयोजनाका काममा किन ढिलाई भयो भनेर ठाडो प्रश्न समेत गरेका थिए ।
सांसदहरुको जवाफ दिँदै मन्त्रीले भनिन, ‘सबै प्रदेशमा ढल निकासको दिर्घकालिन योजना बनाउने प्रयत्न गर्छौ र सबै आयोजनाहरुलाई द्रुत गतिमा अगाडी बढाउछौं । यसमा तपाईहरु सबैको साथ जरुरी छ । मुख्यत खानेपानी एन नबन्दा पनि समस्या उत्पन्न भएको हो । यसको लागि हामीले खानेपानी सम्बन्धी उचित एन बनाएर अगाडी बढ्छौं ।’
बैठकमा सांसदहरु टेबाहादुर रायमाझी, गठेश पहाडी, टेकबहादुर बस्नेत, आसाकुमारी विक, केदार सिक्देल, कल्यानी खड्का लगायतले बोलेका थिए ।











प्रतिक्रिया