५ दिन अन्तर्राष्ट्रिय उडान प्रभावित हुने

0
Shares

नेपाल समाचारपत्र काठमाडौं ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा हुने भएकोले मंगलबारदेखि शनिबारसम्म विमानस्थलका उडान तथा अवतरण प्रभावित हुने भएका छन्।

विशिष्ट पाहुनाहरुको उडानको समयमा विमानस्थलमा अन्य व्यावसायिक उडान बन्द गर्ने परम्परा रहेको छ। सोहीअनुसार सम्मेलनको क्रममा सरकार प्रमुखहरु आउने भएकोले उडान तथा अवतरण प्रभावित हुने भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

विमानस्थल वरपरको सुरक्षा व्यवस्था पनि कडा पारिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।