खोलाले बगाएर बालक बेपत्ता

0
Shares

गणेश साम्पाङ, पाँचथर ।
पाँचथरको फिदिम स्थित १० स्थित हेवा खोलाले बगाएर एक बालक बेपत्ता भएका छन ।
बेपत्ता भएका बालक हिलीहाङ गाउँपालिका वडा न ५ सुभाङ घर भइ हाल फिदिम १ का मा पसल गरी रहेका राजेन्द्र उप्रेती ८ बर्षिय छोरा डेनिस उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब निरिक्षक नरेन्द्र कुँवरले बताए । जनै पुर्णिमाको दिन बिहान नदी किनारमा गएर जनै फेर्ने पर्ने हिन्दु धर्म परम्परा अनुसार बिहान १० बजे जनै फेर्नका लागि उनका बुबा सित उनी खोला गएका थिए । जनै फेर्नका लागि नुहाउनु पर्ने हुनाले हेवा नदीमा नुहाउने क्रममा उनलाई खोलाले बगाएको बुबा राजेन्द्र उप्रेतीले बताए । बगाएका बालकको खोजी नेपाल प्रहरी र शसस्त्र प्रहरीहरुको टोलीले साँझ सम्म गरे पनि फेला नपरेको प्रनाउ कुँवरले बताए ।
बालक फिदिम बजारमा रहेको नयाँ नमुना मावि कक्षा १ मा अध्ययन गरी रहेका थिए ।