सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागी चिन नेपाल सहमत

0
Shares

किरन धामी, दार्चुला ।
नेपाल चिन सीमा नाकामा हुने विभिन्न अपराधिक गतिविधिलाई नियन्त्रण गर्न दुई देशका सुरक्षा अधिकारी विच सहमती भएको छ । तिब्बतको बुराङ काउन्टीकामा आइतबार नेपाल चिनका सुरक्षा अधिकारी भएको सिमा बैठकमा सो विषयमा सहमतीको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिरकारी शिवराज जोशीले जानकारी दिए ।
७ वर्ष पछि भएको नेपाल चिन सिमा बैठकमा नेपाल चिन सिमामा हुन सक्ने मानव बेचबिखन, लागुपदार्थ ओसार पसार, वन्यजन्तुका अंगहरु निकासी, बहमूल्य जडीबुटी तथा अवैध सामाग्रीहरुको गैरकानूनी रुपमा ओसार पसार हुन नदिने बारेमा समेत बैठकमा सहमति भएको उनले जानकारी दिए । चिनको स्वसासित क्षेत्र तिव्वतको ताक्लाकोटमा नेपाल चिन सिमा बैठक हुने भएको छ ।

बैठकमा दुई देशको आपसी हितका लागी सुचना आदान प्रदान गर्ने विषयमा छलफल र सहमति भएको उनको भनाई छ । बैठकमा नेपालको दार्चुला जिल्लाबाट प्रहरी प्रमुख डिएसपी नवराज अधिकारी, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर दार्चुला नं ५० का गुल्मपति भिम बहादुर चन्द, सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी र हुम्ला जिल्लाबाट प्रमुख जिल्ला अधिकारी माधव ढुंगाना र प्रहरी प्रमुख डिएसपी रविन श्रेष्ठ सहभागी भएका थिए । यस अघि नेपाल चिन सिमा बैठक २०६८ सालमा भएको थियो ।….