प्रकाण्डलाई पुनः ३ दिन थुनामा राख्न अनुमति

0
Shares

नुवाकोट ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटले आइतबार पुन ३ दिन थुनामा राख्न अनुमति दिएको छ ।
गत साउन ७ गते राति बेलकोटगढी वडा नं ९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएका प्रकाण्डलाई शुक्रबार जिल्ला अदालत नुवाकोटले तीन दिन थुनामा राख्न अनुमति लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले एक हप्ता थुनामा राख्ने म्याद मागे पनि अदालतले तीन दिन मात्र म्याद दिएको हो । प्रकाण्डलाई गत शुक्रबार बिहान काठमाडौंँमा पक्राउ गरी नुवाकोट ल्याइएको थियो । अदालतमा म्याद थपका लागि लैजाने क्रममा विश्वकर्माले आफूलाई राजनीतिक प्रतिशोधका लागि पक्राउ गरिएको र नुवाकोटको स्काभेटर जलाएका विषयमा आफ्नो कुनैपनि संलग्नता नभएको दाबी समेत गरेका छन ।