नगर अस्पतालको काम अन्तिम चरणमा

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा २५ शैयाको नगर अस्पत्ताल संचालन हुने भएको छ । आठविसकोट नगरपालिका, जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गर्दै नगरपालिकाले आफ्नै लगानीमा नगर अस्पताल सञ्चालन गर्न लागेको हो । साविक आठविसकोट स्वास्थ्य चौकी, दीपज्योती आधारभूत विद्यालय र कृषि सेवाको भवनलाई लिएर नगर अस्पत्ताल संचालन गर्न लागिएको छ । नगर अस्पत्ताल संचालनका लागि आवश्यक पर्ने मेसनरी औजार र उपकरण समेत खरिद गरिएकाले अव केही दिनमै नगर अस्पत्ताल संचालन हुनेगरी अस्पत्तालको काम अन्तिम चरणमा पुगेको नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत रामबहादुर के.सीले बताउनुभयो ।
नगर अस्पताल सञ्चालनका लागि नगरपालिकाले गत आर्थिक वर्षको ८० लाख र चालु आर्थिक वर्षको ४० लाख गरी कूल एक करोड २० लाख लगानीमा अस्पताल निर्माण गर्न लागेको छ । अस्पतालको पूर्ण व्यवस्थापनका लागि कति लगानी लाग्छ भन्ने कुरा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पछि मात्र थाहा हुने भएकाले परामर्शदाताको लागि सूचना समेत आह्वान गरिएको बताईएको छ । नगर अस्पत्तालका लागि दिपज्योति आधारभूत विद्यालयलाई समेत अन्यत्र स्थानान्तरण गरिएको छ । उक्त अस्पतालको सम्बन्धन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट लिने प्रक्रिया थालिएको छ । नगरपालिकामा नगर अस्पत्ताल संचालन हुने भएपछि स्थानीयबासी खुशी भएका छन् ।