नेपाल समाचारपत्र, जनकपुर ।
२ नम्बर प्रदेशका गृहमन्त्रीमन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन् । प्रदेश सरकारले दिएको विदाको अवज्ञा गरेको भन्दै मन्त्री आफैंले राष्ट्र बैंकको कार्यालयमा ताला लगाएका हुन् ।
प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आइतबार रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयले विदा अवज्ञा गरेपछि प्रदेशका आन्तरिक मामिलामन्त्रीले जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन् ।











प्रतिक्रिया