नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली काग्रेसले कञ्चनपुर घटनाको यथार्थ बारे स्थतलगत अध्ययन गरि प्रतिवेदन पेश गर्न केन्द्रिय सदस्य खटाएको छ ।
काग्रेस केन्द्रिय समिति बैठकले केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बडु र बीरबहादुर बलायर लगाएको टोलीलाई आज आइतवार नै कञ्चनुर पठाएको हो । काग्रेसले कंञ्चनपुर घटनाको गहन र गहिरो छानवीन गरी अपराधीमाथि तत्काल कार्वाहीको माग गरिरहेको छ ।
कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको जघन्य घटना बारे गम्भीर र गहिरो ढंगले छानवीन नगरी अविस्वश्नीय निष्कर्षमा सरकार पुग्दा त्यसले नागरिक पक्तिलाई आक्रोशित बनाउनु र हजारौंको स्वतः स्फूर्त प्रदर्शन हुनु स्वभाविक भएको नेपाली काग्रेसले जनाएको छ ।
तर, सरकारले छानवीनप्रति गम्भीरता र प्रदर्शनप्रति संयमता प्रस्तुत नगरी गोली प्रहार गरेर जनताको भावना दवाउन खोज्दा परिस्थिति झनै गम्भीर बन्न पुगेको काग्रेसको निष्कर्ष रहेको छ ।
नेपाली कांग्रेसलाई लाञ्छित गरेर सत्तारुढ दलकै एक जिम्मेवार नेताले व्यक्त गरेको गैर–जिम्मेवार एवं भड्काउयुक्त अभिव्यक्तिका कारण भाद्र ८ गते उत्पन्न परिस्थितिले अन्ततः अवोध बालक सन्नी खुनाको प्रहरीको गोलीबाट मृत्यु भएको काग्रेसले जनाएको छ ।
कांग्रेसले यो समग्र घटनामा सरकारको कमजोरी, दोषी लुकाउने र निर्दोषलाई फसाउँने षडयन्त्र एवं गैर–जिम्मेवार अभिव्यक्तिको कडा भत्र्सना समेत गरेको छ ।











प्रतिक्रिया