किन बस्यो नेकपा सचिवालयको आकस्मिक बैठक ?

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेकपाको आकस्मिक सचिवालय बैठक अहिले बसीरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । कञ्चनपुरमा बालीका निर्मला पन्तको बलात्कारपछि हत्या भएको र हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलनको विषयमा केन्द्रित रहेको नेकपाका एक नेताले जानकारी दिए । शुक्रबारको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो ।
कञ्चनपुरको आन्दोलन चर्किंदै गएपछि गृह मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति बनाएको छ भने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन गरेको छ ।