जोर बिजोर प्रणाली लागू हुने

0
Shares

काठमाडौं, (नेस)
यही भदौ १४ र १५ गते हुने चौथौ बिमस्टेक सम्मेलनमा सहभागी हुने विदेशी अतिथिहरूको आवागमनमा सहजता ल्याउन सरकारले उपत्यकामा भदौ १३, १४ र १५ गते सरकारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ।

बिमस्टेक शिखर सम्मेलनका बेला आउने विदेशी विशिष्ट पाहुनाहरूको आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन सवारी साधनमा जोर बिजोर प्रणाली लगाउने भएको हो।

सरकारले ती ३ दिन निजी तथा भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली लागू गरेको हो। सरकारले २ दिन उपत्यकाका सबै स्कुललाई समेत बिदा दिने तयारी गरेको छ।