महिला हिंसासम्बन्धी संकल्पप्रस्ताव सर्वसम्मतिले पारित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
प्रतिनिधिसभा र सरकारले महिला तथा बालबालिकामाथि हुने हिंसासम्बन्धी संकल्पप्रस्तावमाथि लामो छलफलपछि सर्वसम्मतिले पारित गरेको छ ।

महिला हिंसाविरुद्धको घटना घट्ने भन्दा पनि बढ्ने क्रममा रहेको भन्दै विभिन्न राजनीतिक दलका २२ सांसदले सरकारलाई ३ निर्देशन दिँदै संकल्प प्रस्ताव पारित गरेको हो ।

संसदको छलफलपछि जवाफ दिने क्रममा महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिला हिंसा रोक्न सरकार प्रतिवद्ध रहेको बताइन् । उनले संसदले संकल्पप्रस्तावमार्फत दिएको निर्देशनअनुसारको काम गर्ने प्रतिवद्धतासमेत जनाइन् ।