काठमाडौं (नेस) ।
काग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल नआएपछि नेपाली काग्रेसको केन्द्रिय समिति बैठक अहिले सम्म बस्न सकेको छैन । बैठक आज विहान ११ वजे देखि बस्ने जनाइएको थियो ।
सबै केन्द्रिय सदस्यहरु समयमै उपस्थित भएका थिए । केन्द्रिय सदस्य शीवप्रसाद हुमागाईले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार वरिष्ठ नेता अर्को कार्यक्रममा भएको कारण अहिले सम्म बैठक बस्न सकेको छैन । पौडेल आउदासाथ बैठक बस्ने केद्रिय सदस्य हुमागाईको भनाई थियो ।
आजको बैठकमा हिजो सभापति शेरवहादुर देउवाले महामन्त्री पुर्णवहादुर खड्काका संयोजकत्वमा गठन गनुृभएको पार्टी ११ सदस्यीय विधान शंसोधन मस्यौदा समितिलाई अनुमोदन गर्ने, महासमिति बैठकको मिति र स्थान तय गर्ने, महासमिति बैठकको तयारीका बारेमा आवश्यक निर्णय गर्ने लगाएतका एजेण्डा थियो ।











प्रतिक्रिया