डोटी, डोटीको दिपायल सिलगढी नगरपालिका ४ दिपायलमा मोटरसाईकल दुर्घटनाहुदाँ २ जना गम्भिर घाईते भएकाछन् ।
दिपायलबाट डडेल्धुरा जाँदै गरेको से १ ज ५२१ नम्बरको उग्रतारा यातायातको जीप र कुलपातेबाट दिपायल आउदै गरेको से ३ प २१५७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
घाईते हुनेहरुमा दिपायल सिलगढी नगरपालीका ४ राजपुरका नन्दन महरा र सोहि ठाउँ निबासि पत्रकार बिमल बिष्ट रहेकाछन् ।
घाईते बिष्ट नेपाल समाचार पत्र र उज्यालो ९० नेटवर्कका डोटी जिल्ला सम्वाददाता हुन् ।
घाईतेहरु दुबै जनालाई उपचारको लागी कोहलपुर पठाईएको इलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज प्रहरी नायव निरिक्षक लोकेन्द्र बहादुर मल्लले जानकारी दिए । ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया