सरकाद्धारा दर्जन बढि देशका राजदुत नियुक्ति र फिर्ताको तयारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले भारत र मलेसिया तथा अन्य थुप्रै देशका लागि राजदूत सिफारिसको प्रक्रिया अगाडी बढाएको छ । यसअघि भारतका लागि नेपाली राजदुत नीलकण्ठ उप्रेती सिफारिस गरिएका थिए । तर,सत्तारुढ दल नेकपाभित्रै विवाद भएपछि निर्णय निश्क्रिय पारिएको छ ।

नीलकण्ठ उप्रेतीलाई भारतीय राजदूतमा सिफारिस गरिएको सुन्नासाथ प्रचण्डले केपी ओलीलाई भेटेर कडा आपत्ति जनाएका थिए । प्रचण्डकै आपत्तिका कारण उप्रेतीको सिफारिस निश्क्रिय राख्न प्रधानमन्त्री बाध्य बनेको नेकपाका एक नेताले बताए ।

अब बिमस्टेक बैठकलगत्तै संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिसहित भारत, मलेसिया र संयुक्त अरब इमिरेट्सका लागि राजदूत सिफारिस गर्ने तयारी भइरहेको बताइएको छ । सरकारले भारत, राष्ट्रसंघीय महासभा, मलेसिया र युएईमा नयाँ राजदूत नियुक्तिको तयारी गरिरहेको छ भने कतार, स्पेन, इजरायल, म्यानमार, बंगलादेश, जापान, दक्षिण कोरिया र ओमानका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

नीलकण्ठ उप्रेतीलाई भारतीय राजदूतमा सिफारिस गर्दा प्रचण्डको कडा आपत्ति

 

यसका साथसाथै क्यानडा, फ्रान्स, थाइल्याण्ड, दक्षिण अफ्रिका, जेनेभा र कुवेतका राजदूतहरु भने कार्यकाल समाप्त भएर घर फर्कने दिन नजिकिएको छ ।

कतिपयलाई फिर्ता भएर नयाँ सिफारिस हुने बेलासम्म अन्य केही देशमा पनि राजदूत खाली हुँदैछन् । चार वर्षअघि राजदूत भएर गएका परराष्ट्रका सहसचिवहरुमध्ये केही राजदूतको कार्यकाल आगामी कात्तिकदेखि पुसभित्र सकिँदैछ ।

कार्यकाल सकिन लागेकाहरुमा क्यानडाका कालिप्रसाद पोखरेल, फ्रान्सकी अम्बिका लुइँटेल, थाइल्याण्डका खगनाथ अधिकारी, दक्षिण अफ्रिकाका अमृत राई, जेनेभाका दीपक धिताल र कुवेतका यज्ञबहादुर हमाल छन् । यीमध्ये राई, हमाल र पोखरेल बाहेक अरु उमेर हदका कारण घर फर्कने तरखरमा छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा सरकारले हालै राजदूत नियुक्तिसम्बन्धी नयाँ मापदण्ड बनाएको छ । अबको नियुक्ति सोही मापदण्डअनुसार हुने परराष्ट्र मन्त्रालयका मदआधिकारीहरु बताउँछन् ।