कञ्चनपुरका सिडिओ र प्रहरी प्रमुख फेरिए

0
Shares

नेपाल समाचारपत्र, कञ्चनपुर ।

गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई फिर्ता बोलाएर उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको गृह मन्त्रालयले जनाएको छ । यस्तै, प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको ठाउँमा कुवेर कडायतलाई पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

केही दिन यता कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयले आन्दोलन चर्किरहेको छ। कञ्चनपुर प्रशासनले घटनाबारे सत्यतथ्य अनुसन्धान गर्न नसकेको स्थानीयले आरोप लगाउँदै आएका छन्।

पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएका थिए ।आज मात्र आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् ।