कञ्चनपुर घटनाबारे गृहमन्त्रीले भनेः आजै उचित निणर्य, छानविन समिति गठनको तयारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

१३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डमा प्रहरीले अवास्तविक ब्यक्ति सार्वजनिक गरेको भन्दै मंगलबार सदरमुकाम महेन्द्रनगरबाट सुरु भएको आन्दोलनले झनै उग्र रुप लिन थालेको छ ।

बिहीबार कञ्चनपुरका अन्य स्थानीय तहमा पनि स्वतःस्फूर्त रुपमा आन्दोलन चर्किँदै गएपछि गृहमनत्री रामबहादुर थापा (बादल) ले विहिबार ज्ञापनपत्र बुझ्दै कञ्चनपुरको घटनालाई गम्भीर रुपमा लिएको बताउनुभएको छ ।

उहाँले यस घटनाबारे आजै नतिजामा पुग्ने र घटनामा संलग्न दोशिलाई कारवाहि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्यती मात्र नभई घटनाको उचीत अनुसन्धान गर्न छानविन समिति गठनको तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ ।