मनोज रेग्मी, काठमाडौं ।
महिलाहरुको महान चार्ड तीज नजिकिँदै गर्दा बजारमा सुन अभाव देखिएको छ । बजारमा सुन अभावका कारण तिजको बेला सुन लगाउने रहर जामाएर बसेका महिलाहरु चिन्तित बेनेका छन् । उता मागअनुसार कच्चा सुन आपूर्ति नभएको भन्दै चितवन र रुपन्देहीका व्यवसायी आक्रोशित बनेका छन् । काठमाडौं उपत्यकाका व्यवसायीहरु पनि सुन नभएको गुनासो गर्न थालेका छन् । सुन व्यापारीहरुले आफ्नो माग अनुसार सुन उपलब्ध नभए पसलै बन्द गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
विगत केहि दिनदेखि बजारमा सुनको अभाव भएको हो । वर्षेनी तीज अघि सुनको माग बजारमा ह्वात्तै बढ्छ । तर, त्यही बेला सुन नपाएपछि व्यवसायीले उच्च मार खेप्नुपर्ने हुन्छ । त्यसैले सुन व्यवसायीले सुन बजारमा अभाव देखिपछि आक्रान्त बनेका हुन ।
सुन अभाव एक्कासी किन ?
राष्ट्र बैंकले अहिले दैनिक २० केजीसम्म सुन आयात गर्न दिन्छ । यो भनेको १७ सय १५ तोला हो । तर, यसले देशभरको माग दैनिक माग धान्न नसकेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।
पछिल्ला वर्षहरुमा बैधानिक रुपमा ल्याइने सुन २० केजी नै हो । यसले नेपाली बजारको माग धानेकै थियो ।तर अहिले भने सुन अभावका कारण व्यावसाहीहरुले सुन पसल नै बन्द गर्नुपने अवस्था देखिएको छ ।
पछिल्लो समय सुन तस्करीका खबरहरु धेरै सुन्न थालिएको छ । सुन तस्करी रोक्न प्रहरीले त्यसै अनुसारको रणनिति बनाएर अगाडी बढेको छ । सुन तस्करहरु पक्राउ गर्न र छानवीन गर्न प्रहरीले सुन आयातमा थप कडाइ गरेको छ ।
हालसालै चुडामणि उप्रेती (गोरे) समूहले ४ वर्षमा प्रहरीकै आडमा ३८ क्लिन्टल सुन तस्करी गरेको सरकारी छानविन समितिले देखाएको छ । तस्करीको धेरै सुन भारत जाने भएपनि केही नेपालमा पनि खपत हुन्थ्यो । त्यही बन्द भएपछि सुनको अभाव सुरु भएको गोरे समूहका एक अधिकारीले बताएका छन् ।
यता व्यावसाहीहरुले भने विदेशबाट फर्किदा बोकेर आउने ५० ग्रामसम्मको भन्सार नलाग्ने सुन रोकेका कारण पनि यस्तो अवस्था आएको जिकिर गरेका छन् ।











प्रतिक्रिया