स्थानीय तहहरुले खर्च विवरण बुझाएनन्

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीका स्थानीय तहहरुले अझै सम्म पनि आफ्नो वास्तविक खर्च विवरण बुझाउन नसकेको पाईएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयमा उनीहरुले खर्च विवरण बुझाउनुपर्ने नियम रहे पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गएको रकमको खर्च विवरण बुझाएको भएपनि स्थानीयतहहरुले आफ्नो वास्तविक खर्च भने बुझाउन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख बासुदेव जोशीले बताए ।

कार्यालय प्रमुख जोशीका अनुसार साउन मसान्त सम्म स्थानीय तहहरुले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने थियो । तर अहिलेसम्म पनि नबुझाएकोले एक हप्ताको समय संगै फारमको नयाँ ढाचाँ सबै स्थानीय तहहरुलाइ दिएको कार्यालय प्रमुख जोशीले बताए । उनले भने“सबै स्थानीय तहहलाइ भदौको पहिलो हप्ता भित्र सबै खर्च विवरण बुझाउन भनीएको छ ।”

स्थानीयतहका प्रमुख तथा प्रतिनीधीहरुले पनि खर्च एक हप्तासम्म बुझाउने बताएका कार्यालय प्रमुख जोशीले बताए ।
बैतडीमा ६ गाउँपालिका र ४ नगरपालिका गरी १० वटा स्थानिय तहहरु रहेका छन् ।