रुपन्देहीका सुनचाँदी व्यवसायी आन्दोलित, राज्यले दिने ३ किलो एकै दिनमा खपत

0
Shares

यमलाल भुसाल, बुटवल ।
रुपन्देहीका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन । सरकारले उपलब्ध गराउने सुनको परिमाणले वजारलाई ध्यान नसकिने भएको भन्दै रुपन्देही सुनचाँदी व्यवसायी संघले ३ दिने आन्दोलन घोषणा गरी आन्दोलित भएका छन । बुधवार देखि रुपन्देहीका कुनै पनि सुन चाँदी व्यवसायीले पसल खुलाएका छैनन भने भाद्र ८ गते सम्म पहिलो चरणको आन्दोलन घोषणा गरी व्ययसायीले पसल बन्द गरेका छन ।
जिल्लामा ४ सय सुन व्यवसायी रहेको र राज्यले प्रति हप्ता रुपन्देही जिल्लालाई ३ किलो सुन उपलब्ध गराउदै आएको छ । तर जिल्लामा दैनिक ३ किलो सुनको माग रहेकोले सोको परिपूर्तिका लागि सरकार गम्भिर नभएकोले आन्दोलनमा जानु परेको संघले जनाएको छ ।

नेपालीहरुको चाडपर्व र विवाहको लगनका महिनामा सुनचाँदीका गहनाको माग बढीरहेको तर राज्यले उपलब्ध गराउने सुनको मात्राले वजारको माग ध्यान नसकेकोले राज्यले उपलब्ध गराउदै आएको सुन चाँदीको मात्रा बढाउन माग गदै आन्दोलित भएको रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमबी विशवकर्मा र सचिव किशोर कुमार सुनारद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला, नगर तथा गाउँपालिका स्तिरिय समितिहरुको सम्युक्त भेला गरि वजारको मागलाई परिपूर्ति हुने गरि सुन राज्यले उपलब्ध नगराउदासम्म पसल बन्द गर्ने निर्णय गरी आन्दोलनमा उत्रिएको जिल्ला अध्यक्ष एमबी विश्वकर्माले बताउनु भयो । राज्यले उपलब्ध गराएको सुनको परिमाण ले वजारको माग पुरा गर्न नसकिएको र वजारमा मूल्य पनि घटेको बर्तमान अवस्थामा व्यवसायीले सुन विक्री नगरेको हुन की भन्ने आरोपवाट बच्न पनि आन्दोलनको विकल्प नभएको अध्यक्ष विश्वकर्माले बताउनु भयो ।